आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल बैंकको खालि जग्गामा रहेको दुर्गन्धका कारण जीतपुर बस कांउटरको आसपासका बासिन्दालाई सास्ती

एस.एस. पटेल २०७७ फागुन १३, बिहिबार (३ साल अघि) ४५४ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको बस कांउन्टर नजिकै रहेको नेपाल बैंकको खालि जग्गामा फोहोर बढ्दै गएको छ । फोहोर बढे पछि बस कांउटर आसपासका बासिन्दा र व्यापारीहरुलाई दुर्गन्धका कारण समस्या खेप्नु परेको छ ।

 

दुर्गन्ध बढेको कारण बस कांउन्टरमा आउने यात्रुहरुलाई सम्मेत समस्या हुने गरेको बस कांउन्टरका कर्मचारी मनोज गुप्ताले गुनासो गर्नु भएको छ । गुप्ताका अनुसार नेपाल बैंकको जग्गा खालि भएको कारण उक्त जग्गामा मानिसहरु फोहोर फाल्ने गरेका छन्। बैंकले आफ्नो जग्गालाई तारबार गरि घेर्यो भने दुर्गन्धको समस्या समाधान हुने उनको भनाई छ ।

 

जीतपुरको मेन रोडबाट बैंकको जग्गा टांसिएको कारण रोडमा आवत जावत गर्ने सर्वसाधारणलाई समेत दुर्गन्धका कारण समस्या हुने गरेको छ । जीतपुरका व्यापारीले बैंकलाई आफ्नो जग्गामा तरबार गर्न अनुरोध गरे पनि बैंकले भने बेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस