आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा पहिलो पटक स्क्रैबल प्रतियोगीता, राष्ट्रिय प्रतिष्पर्धाका लागी छानीए ५ खेलाडि

सुप्रिया ढकाल २०७८ आश्विन ३, आईतबार (२ साल अघि) ७५६ पाठक संख्या

बारा । स्क्रैबल क्लब बाराले डुमरवानामा जिल्लास्तरीय स्क्रैबल च्याम्पीयनसिपको आयोजना गरेको छ । डुमरवानास्थि राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदनमा आयोजित प्रतियोगितामा १० वटा विद्यालयका २० जना छात्र तथा छात्राहरु सहभागी थिए ।

 

प्रतियोगिता मार्फत उत्कृष्ट ५ जना बिद्यार्थीलाई राष्ट्रिय प्रतिस्पर्धाका लागी छनौट गरिएको छ । जसमा राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदनका रक्षा नेपाल र भुवन सापकोटा, पाथीभारा ई.बोर्डिङ्ग स्कुलका चन्द्रप्रसाद गिरी, शुभतारा ई.बोर्डिङ्ग स्कुलका भबिन पुडासैनी र सिमरा पब्लिक ई.बोर्डिङ्ग स्कुलका रिहान अन्सारी रहेका छन् । उनिहरु आगामि दिनमा राष्ट्रिय स्तरको स्कै्रबल प्रतियोगिताका लागी जानेछन् ।

 

बारा जिल्लामा पहिलो पटक भएको आजको यस प्रतियोगीताको औपचारीक रुपमा एनप्याप्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले उद्धघाटन गर्नुभएको थियो । प्रतियोगिता पूर्व आयोजित औपचारीक कार्यक्रममा बोल्दै स्क्र्याबल क्लब बाराका संयोजक भोजराज सुवेदीले स्वयंसेवी रूपमै काम गर्नुपर्ने भएपनि सिकाइका हिसावले यस खेलप्रति विद्यालय, शिक्षक, अभिभाावक तथा विद्यार्थीको आकर्षण भएको बताउनुभयो ।

 

राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन डुमरवानाका प्राचार्य सागर ठाडामगरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदनका सहसंयोजक श्यामप्रसाद भट्टराइ, सदनका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिदुर खड्का, धनुषा स्क्रैबल क्लवका सन्तोषकुमार साह, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

के हो स्क्रैबल खेल ? यो कसरी खेलिन्छ ?

स्क्रैबल एक बोर्डमा खेलीने शब्दजाल हो । जसमा लुडो अथवा चेस जस्तै देखीने बाकसमा अक्षरहरु मिलाएर शब्द र शब्दहरुको जाल बनाईन्छ । सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्रैबल खेल नेपालमा पहिलोपटक सन् २०१५मा अंग्रेजी शब्दका लागि सुरुवात गरिएको हो । नेपालमा यसको सूरुवात भएको ७ बर्ष भैसकेको छ । अहिले ४० वटा जिल्लामा खेलाउन थालिएको स्क्र्याबल क्लवका केन्द्रीय संयोजक केशवप्रसाद पराजुलीले बताउनुभयो । यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्दभण्डार ज्ञानको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने केन्द्रीय संयोजक पराजुलीको भनाइ थियो । स्क्र्यावल खेलको नेपाली रुपान्तरण भइसकेको छैन । यद्धपी यसलाई कोठेपद भन्न सकिन्छ । नेपालमा आफैँले निर्माण गरिएको नेपाली र गणित विषयको स्क्रैबल पनि सञ्चालन गरिने गरिएको संयोजक पराजुलीले बताउनुभयो ।

के हो नेपाल स्क्रैबल क्लब ?
नेपाल स्क्र्याबल क्लब (एनएससी) एक गैर नाफामुखी संस्था हो जुन जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल अन्तर्गत दर्ता गरीएको छ र समाज कल्याण परिषद संग सम्बद्ध छ । नेपाल स्कै्रबल क्लब जोश र चासोसंग नजिकको स्तर–मन भएका ब्यक्तिहरुको एक समूहद्वारा शुरू गरीएको हो ।

व्यक्तिगत दक्षता र उत्पादकत्व बढाउने उद्धेश्यले नेपालमा एनएससीबारे रमेश लाल नकर्मीले मध्य पूर्वमा काम गर्दा कल्पना गर्नुभएको थियो । एक सरल, अन्तरक्रियात्मक तथा मनोरन्जनात्मक यस खेल अंग्रेजी भाषा सिक्नको लागी सहयोगी छ । एनएससी म्याटेल इंक (यूके)द्वारा नेपालमा स्क्रैबल क्लबका गतिविधिहरु लाई संचालन गर्न लाईसेन्स प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस