आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलवार समुदायको कुल(बलभद्र)पुजा सम्पन्न, यस्तो छ धार्मीक बिश्वास

सुप्रिया ढकाल २०७८ आश्विन ४, सोमबार (२ साल अघि) ४३४ पाठक संख्या

बारा । हरेक बर्ष जस्तै यस बर्षपनि कलवार समुदायको कुल पुजा भब्यताका साथ आयोजना गरीएको छ । यस पुजामा बारा जिल्ला भरीका कलवार समुदायका मानिसहरु एक ठाउँमा भेला भएको बलभद्र देवताको विधिपूर्वक पुजा गर्ने गर्दछन् ।

भगवान कृष्णका दाजु बलभद्र लाई कलवार समुदायले कुल देवताको रुपमा पुज्दै आईरहेका छन् । भगवान बलरामका नामले पनि चिनिने बलभद्रको अर्थ हुन्छ, अन्नको शक्ति । आचार्य पवनेश शास्त्रीका अनुसार बलको अर्थ शक्ती र भद्रको अर्थ अन्न हुुन्छ । भगवान बलभद्रलाई भात, बिषेश किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउँने प्रचलन रहेको शास्त्रिले बताउनुभयो । पुजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहण गर्ने गरेका छन् ।

कलवार कल्याण समितिले बाराको आयोजनामा जितपुरसिमरा उपमहानगरपालीका ७ पुरानो प्रहरी चौकि नजिकै गरिएको पुजा स्थानीय कल्वार समुदायका मिन्जु प्रसाद कलवार र उनकी पत्नीले पुजाको अवधी भर उपवास (चौका) बसी पूर्ण गरेका थिए । पुजा कलवार कल्याण समिति जीतपुर बाराका अध्यक्ष राजाराम चौधरीको सभापतित्व र उपाध्यक्ष लालबाबु प्रसाद साह कलवारको नेतृत्वमा आयोजना गरिएको हो ।

पुजा अघि बाजागाजा र घोडाको घोडदौल सहित शोभा यात्रा निकालिएको थियो । सयौं श्रद्धालु भक्तजनहरुको सहभागितामा पुजा स्थलबाट निकालिएको शोभा यात्राले जीतपुर नगर परिक्रमा गरी पुनः पुजा स्थलमा फर्किएर बिधिवत पुजा आरम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस