आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घण्टिमाई साकोसको उत्कृष्ट पत्रकारीता पुरस्कार पत्रकार बिदुर खड्कालाई

सुप्रिया ढकाल २०७८ आश्विन ९, शनिबार (२ साल अघि) ४०० पाठक संख्या

बारा । घण्टीमाई वचत तथा ऋण सहकारी संस्थाले यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार विदुर खड्कालाई प्रदान गरेको छ ।

 

लामो समयदेखी बिभिन्न बिधामा कलम चलाउदै आउनुभएका पत्रकार खड्कालाई संस्थाले उत्कृष्ट पत्रकारीता पुरस्कारबाट नगद रु २ हजार ५ सय सहित सम्मान गरेको हो । खड्का मानवअधिकारकर्मी तथा साधारण ब्यवसायी समेत हुनुहुन्छ । संस्थाले आफ्नो नवौं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमका बिच पत्रकार खड्कालाई पुरस्कृत गरेको हो ।

 

आफ्नो सानो ब्यवसायले दैनिकि चलाउदै आउनुभएका पत्रकार खड्काले निश्वार्थ पत्रकारीता गरीरहनु भएकाले उहालाई सम्मान गरीएको संस्थाले जनाएको छ ।

 

उत्कृष्ट पत्रकारीता पुरस्कारबाट सम्मानित भएपछि आफुलाई अझ जिम्मेवार महसुस गरेको खड्काले बताउनुभएको छ । सहकारीले बिषेशतः महिलाहरुको जिवन उकास्न गरेको योगदान सराहनिय रहेको बताउदै उहाले सहकारी भित्रका बेथितीहरु खोतल्दै जाने र त्यसको समाधानका लागी पनि सम्बन्धित निकायलाई झक्झकाउने उहाले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस