आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१५ बर्ष पुरा भएको अवसरमा जनकल्याण बहुउद्देश्यिय सहकारीले शेयरसदस्यलाई १८ प्रतिशत लाभांश वितरण गर्ने

सुप्रिया ढकाल २०७८ आश्विन ११, सोमबार (२ साल अघि) ५६७ पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरस्थित जनकल्याण बहुउद्देश्यिय सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभाशं दिने जनाएको छ ।

 

संस्थाका प्रबन्धक संतोष यादबले आर्थिक वर्ष २०७७÷७८ मा शेयर लाभासं बाहेक नियमीत बचतकर्ता ब्याज प्राप्त रकममा यस वर्ष ४.५२ प्रतिशत संरक्षीत फिर्ता पूजीकोष तथा कर्जातिरेका ऋणीको ब्याज रकममा ३.५३ प्रतिशत का दरले जम्मा ९ लाख ७५ हजार ७ सय ८६ शेयर सदस्यको खातामा दाखिला गर्ने जानकारी गराउनुभएको छ ।

 

संस्थाका उपाध्यक्ष गणेश जी प्रसाद साहको अध्यक्षता तथा वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर सहकारी विभाग प्रमुख दुर्गा न्यौपाने, राष्ट्रिय सहकारी बैँक सिमराका प्रमुख सुरेश लागे, नेकपा एमालेका कार्यवाहक जील्ला अध्यक्ष देवनारायण चौधरी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सह प्रबन्धक आत्माराम अधिकारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस