आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमाले बाराको अध्यक्षमा देवनारायण चौधरी र उपाध्यक्षमा बिनोद साह मनोनित

सुप्रिया ढकाल २०७८ आश्विन ११, सोमबार (२ साल अघि) ७६६ पाठक संख्या

बारा । नेकपा एमाले प्रदेश नं २ को कार्यदल पदाधिकारीको आज जनकपुरमा बसेको बैठकले नेकपा एमाले बारा जिल्लाको अध्यक्षमा देवनारायण चौधरीलाई चयन गरेको छ ।

 

कार्यदलले नेकपा एमाले जिल्ला कमिटि बाराको उपाध्यक्षमा बिनोद साह कलावर, सचिवमा महमद समिर र सहसचिवमा गोविन्द पौडेलको नाम टुंगो लगाएको हो । महम्मद भने यसअघि पनि सचिवकै जिम्मेवारीमा हुनुहुन्थ्यो ।

 

जिल्ला किमिटिको ४ जना पदाधिकारी छनौट भैसकेको अवस्थामा छिटै बैठक बसी बाकि सदस्यहरुको टुंगो लगाउने अध्यक्ष देवनारायण चौधरीले जानकारी दिनुभयो । चौधरीले तत्कालिन नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु तथा बिभिन्न पार्टि परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरु सहितको बैठक बोलाएर छलफल गर्ने तैयारी भैरहेको उहाले एपी खबरलाई जानकारी दिनुभयो ।

नेकपा एमाले प्रदेश नं.२ कि अध्यक्ष तथा पुर्वमन्त्री ज्वाला साहको अध्यक्षतामा बसेको कार्यदलको बैठकले सो निर्णय गरेको अध्यक्ष साहले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस