आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हातेमालो साकोसको १४ औं बार्षिक साधारणसभा सम्पन्न

सुप्रिया ढकाल २०७८ आश्विन २१, बिहिबार (२ साल अघि) ५८४ पाठक संख्या

बारा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. सिमराको चौधौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतित्यथामा सम्पन्न सभामा संविधान सभा सदस्य शोभाकर पराजुली, प्रदेश सभा सदस्य शोभा लामा तथा जितपुरसिमरा उपमहानगरपालीकाका मेयर डा.कृष्ण पौडेलको बिषेश उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक हरिओम पटेल, बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुर, सानाकिसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, जितपुरसिमरा उपमहानगरपालीका वडा नम्बर १ का वडाध्यक्ष हिराबहादुर गुरुङ्ग, वडा २ का वडाध्यक्ष तिलकबहादुर श्रेष्ठ, वडा ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे, वडा ४ का वडाध्यक्ष भोजबहादुर खत्री ईश्वर, वडा ७ का वडाध्यक्ष रामबाबु गुप्ता, वडा १४ का वडाध्यक्ष रामशरण बर्तौला, वडा १५ का वडाध्यक्ष रामप्रसाद लामीछाने, वडा १६ का वडाध्यक्ष केदार बजगाई, नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटि अध्यक्ष भोला प्रसाद अधिकारी, नेकपा एकिकृत समाजबादी पार्टी जितपुरसिमरा उपमहानगर कमिटि अध्यक्ष दिनेश राई लगाएत ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय सिमरा, पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, आन्तरीक राजश्व कार्यालय सिमराका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

 

हातेमालो साकोसका सञ्चालक समिति सचिव सञ्जयकुमार साहले सहजिकरण गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शिवप्रसाद शर्मा वाग्लेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । सामुहिक रुपमा पानसमा बत्ति बालेर साधारणसभाको उद्धघाटन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस