आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भोलीबाट तिहार सुरू धनतेरस देखि भाइटिकाको साइतसम्म हेर्नुहोस

सुप्रिया ढकाल २०७८ कार्तिक १५, सोमबार (२ साल अघि) ४९२ पाठक संख्या

 

 

नेपाली हिन्दूधर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहार भोलिदेखि सुरु हुदैछ । तिहार सुरु भए पनि कागपूजा तथा कुकुर पुजा भने पर्सी बुधबार परेको छ ।

 

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन भोलि मंगलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

 

 

यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि मंगलबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको नेपाल पञ्चांग निर्णायक समितिको भनाइ छ ।

 

कात्तिक १६ गते मंगलबार धनतेरस सहित साँझ यमदिप दान गर्ने र १७ गते बुधबार एकैदिन काग र कुकुरको पुजा गरिनेछ। यसैदिन बिहान नरक स्नान पनि गरिने समितिले जनाएको छ ।

 

कार्तिक १८ गते बिहीबार साँझमा घर-घरमा लक्ष्मी पुजा गरेर लक्ष्मी भित्राइसकेपछि भोलिपल्ट गाई, गोरु र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । यो पूजा यस वर्ष कात्तिक १९ गते परेको छ ।

 

कात्तिक २० गते शनिबार तिहारको मुख्य दिन भाइटीका परेको छ । बिहान ११ः०२ बजे भाइटीकाको उत्तम साइत परेको छ ।

 

 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको तिहारको मिति तथा साइतहरु :

 

कात्तिक १६ गते मंगलबार–यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती

कात्तिक १७ गते बुधबार–काग तिहार, कुकुर तिहार नरकचर्तुर्दशी

कात्तिक १८ गते बिहीबार–लक्ष्मीपुजा, दीपमालिका, सुखरात्रि

कात्तिक १९ गते शुक्रबार–गोवर्धन पुजा, गोवलीपुजा, हलि तिहार

कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका,(किजापूजा) बिहान ११ः२ बजे।

 

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै तराइका प्रमुख शहरी क्षेत्र तथा मुख्य बजारहरुमा  बत्ती बाल्न शुरु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस