आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोब्बर सुमो भाडा तिर्न बाध्य यात्रुहरु

सुप्रिया ढकाल २०७८ कार्तिक १७, बुधबार (२ साल अघि) ३९७ पाठक संख्या

तिहार मनाउन उपत्यबाट बिभिन्न जिल्लाहरुमा जाने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ ।

 

जसको सुमो चालक तथा ब्यवसायीहरुले फाईदा उठाईरहेका छन् । तिहार र छठ मनाउन बिषेशतः बारा, पर्सा रौतहट लगाएत तराईका जिल्लाहरुमा आउने यात्रुहरु पछिल्लो केहिदिन यता बल्खुमा थुप्रै भेटिन्छन् । सिमित सुमो सेवा तथा यात्रुहरुको संख्या धेरै हुने यि चाडबाडको समयमा यात्रुहरु बाध्यताबस जानाजान ठगिईरहेका छन् ।

 

सामान्यतः बल्खुदेखी रौतहटको चपुरसम्मको भाडा ६ सय रुपैया तिर्ने सर्मिला थापाले १ हजार रुपैया भाडा तिर्नुपुरेको बताउनुभयो । भाडादर एक हजारदेखी १२ सय रुपैया सम्म पुगेको थापाले सुनाउनुभयो । “जहाज चढ्न झन् महंगो पर्छ, अरु विकल्प छैन त्यसैले बिरगञ्ज सम्मको भाडा १५ सय रुपैया तिरेर पनि आए” छठ मनाउन आफ्नो घर आएका उमेश साह कानुले बताउनुभयो । हरेक बर्ष चाडबाडमा यस्तो समस्या भोग्ने धेरै यात्रुहरु छन् ।

 

यस बिषयमा सुमो ब्यवसायी भन्छन्, “गाडिमा सिट क्षमताकै यात्रु बोक्नु प¥यो, बल्खुबाट यात्रु पाईन्छ तर जादा खाली जानु पर्छ ।” कलंकी र कोटेश्वर नाकामा पनि ब्यवसायीले आउँदा यात्रु नहुने भन्दै दोब्बर भाडा असुलिरहेको यात्रुले गुनासो गरेका छन् ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी संघहरु, ट्राफिक प्रहरीले चाडबाडका बेला यात्रुको सहजताका लागि ‘हेल्प डेस्क’ समेत राख्ने गरेका छन् । तर, बढी भाडा असुल्ने, भएका गाडी लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने र दोब्बर भन्दा बढी भाडा उठाइसकेपछि मात्र गाडी बस पार्कमा ल्याउने जस्ता कार्य खुलेआम रुपमा भइरहेको यात्रुले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस