आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवाहरुकै सहभागीतामा जितपुरका छठघाटमा सरसफाइ

सुप्रिया ढकाल २०७८ कार्तिक २३, मंगलबार (२ साल अघि) ५६४ पाठक संख्या

बाराको जितपुरमा मधेशी समुदायको महान चाड छठ पर्वको तैयारी धुमधामले भैरहेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवतरूपमा आरम्भ हुने छठपर्वको तैयारी स्वरुप आज बिभिन्न छठघाटहरु सरसफाई गरीएको छ ।

सयौंको सख्यमा युवाहरुको सहयोगले जितपुरको छठघाट सरसफाइ गरेको बिनोद पासवानले जानकारी दिनुभयो ।

 

युवा नेता मनोज कुमार साहको आगुवाईमा जितपुर स्थित रहेको क्रोसर टोल, अदार्श टोल, केरा ढोका, रातो पुल, ब्रह्म बाबा लगायत ठाउँमा सरसफाइ गरिएको हो ।

 

सरसफाई अभियानमा ईलाका प्रहरी कार्यालय जितपुरका प्रमुख रोशन अधिकारी, शसस्त्र प्रहरी वेश क्याम्प कार्यालय जितपुरका प्रमुख भिम खनाल, सन्दिप साह, भुनेश पसावान, चन्दरकिसोर साह, मुकेश पासवान, सन्तोष साह, राजबाबु साह, हरि चन्दर पासवान, बब्लु गुप्ता, बलिराम गुप्ता, मुरारी पुरी, आफताब आलम लगाएत टोल–टोलका युवाहरु तथा सञ्चारकार्मीहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस