आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साको विरगंज महानगरमा एमाले र लोसपा नेपाल मिलेर चुनावमा जाने

प्रिती कुमारी, जीतपुर २०७९ बैशाख ८, बिहिबार (२ साल अघि) ८५० पाठक संख्या

पर्साको विरगंज महानगरपालिकामा नेकपा एमाले र लोक्तान्त्रिक समाजवादि पार्टी नेपाल मिलेर चुनावमा जाने भएका छन् । आज (बिहिवार) नेकपा एमाले पर्सा र लोक्तान्त्रिक समाजवादि पार्टि पर्साले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आशन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मिलेर जाने जानकारी गराएका हुन् ।

 

सम्बृद्ध विरगंजको सपना पुरा गर्न दुबै पार्टि बिच यो सहमती भएको विज्ञप्तिमा उल्लेख गरीएको छ । दुबै पार्टिको सहमती अनुसार एमालेको महानगर प्रमुखमा र लोसपा नेपालको उपप्रमुखको पदमा नेतृत्व रहनेछ ।

 

यसैगरी सहमती अनुसार वडामा आपसी समझदारी कायम गर्दै नेतृत्व बाडफड गरीने जनाइएको छ ।

 

नेकपा एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोक्तान्त्रिक समाजवादि पार्टि नेपाल पर्साका जिल्ला अध्यक्ष पुरुषोतमलाल झाद्धारा जारी गरीएको संयुक्त प्रेस विज्ञप्ति मार्फत सहमती भए अनुसार नै निर्वाचनमा मतदान गर्न विरगंज महानगरका मतदातालाई आग्रह समेत गरीएको छ ।

प्रतिक्रिया दिनुहोस