आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सभा प्रत्याशी रामकिशोर यादव घरदैलो कार्यक्रममा ब्यस्त

एपी खबर २०७९ आश्विन २४, सोमबार (१ साल अघि) २३५ पाठक संख्या

रौतहट ।मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि अहिले उम्मेदवारी दर्ता गराएको उम्मेदवारहरु घरदैलो कार्यक्रममा निकै नै ब्यस्त देखिएको छ।

रौतहट जिल्लाको निर्वाचन क्षेत्र न २ को ख बाट नेकपा एमाले र जसपा बिछ भएको गठबन्धन बाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको जसपाको केन्द्रिय सदस्य एक पूर्व प्रदेश सभा सदस्य रामकिशोर यादव घरदैलो कार्यक्रममा निकै नै ब्यस्त भएको छ।

 

आईतवार मनोयन दर्ता गराएको रामकिशोर यादव सोमबार आफ्नो कार्यकर्ताहरुको साथ बौधिमाई नगरपालिकाको वडा न २ इनर्वामा घरदैलो कार्यक्रम गरेको छ।आफुले गरेको बिकाशलाई हेरेर जनताले यसपाली पनि आफुलाई नै भारी मतले बिजय गराउने वहाँले बताउनु भएको छ।

 

कहिले देखा न परेको अनुहार चुनाव आएको बेला गाउँघरमा देखा पर्न थालेको र उम्मेदवारी दर्ता गराएर मत माग्न आउन लागेकोले त्यसता उम्मेदवार बाट सचेत रहन वहाँले जनताहरु सग अनुरोध गर्नु भएको छ।

प्रदेश सभा प्रत्याशी रामकिशोर यादव सग उक्त क्षेत्रमा ठूलो जनलहर रहेकोले बिपक्षी दलहरु डराउन समेत लागेको देखिएको छ।सधै जनताको दुख सुखमा साथ दिने एक मात्र उम्मेदवार रामकिशोर यादव रहेकाले आफुहरु वहाँलाई नै मत दिएर बिजय गराउने तर्फ लागेको इनर्वा का जनताहरुले घर दैलो कार्यक्रममा वताएका छन।।

 

रामकिशोर यादव उक्त क्षेत्रमा नेकपा एमालेको तर्फ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका शैलेन्द्र साहलाई पनि मत दिएर बिजय गराउन जनता सग आग्रह गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस