आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्रीलाई पदमुक्त गर्ने दौडधूप जारी,मधेस प्रदेश बाट काङ्ग्रेसको ३ मन्त्री पदमुक्त

एपी खबर २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि) २२८ पाठक संख्या

काठमाडौं– मधेस प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री पदमुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

 

यादव भौतिक पूर्वाधार, शर्मा खानेपानी तथा ऊर्जा विकास र सिंह महिला, बालबालिका तथा युवा मन्त्री थिए । मुख्यमन्त्री राउतले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन् । केन्द्र सरकारले बिहीबार जसपाबाट मन्त्री बनेका चारजनालाई पदमुक्त गरेको रिसमा शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरेर बदला लिएका हुन् ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरेका

प्रतिक्रिया दिनुहोस