आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन साहको अध्यक्षतामा रहेको एमाले रौतहट जिल्ला कमिटी बिघटन

अखिलेश कुमार यादव २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि) २४६ पाठक संख्या

रौतहट —त्रिभुवन साहको अध्यक्षतामा रहेको एमाले रौतहट जिल्ला कमिटी विघटन गरिएको छ ।

 

शुक्रबार प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी गराएका छन।

 

अध्यक्ष त्रिभुवन साह लगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला कमिटी विघटन गरिएको मधेश प्रदेश कमिटीले जनाएको छ ।

 

 

एमाले रौतहटका नेता एवं पूर्व मन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको हो । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीनिकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।त्यसतै एमालेको स्थायी कमिटी सदस्य प्रभु साह,जिल्ला इन्चार्ज उपेन्द्र साह,सह इन्चार्ज कुन्दन कुशवाहालाई एमाले पार्टी बाट निस्कासन गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस