आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरका अति विपन्न ३० जना व्यक्तिलाई बल्यांकेट तथा सल वितरण

एपी खबर २०७९ माघ ६, शुक्रबार (१ साल अघि) ३४५ पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका अति विपन्न ३० जना व्यक्तिलाई बल्यांकेट तथा सल वितरण गरिएको छ ।

 

हेल्थ सर्विस एण्ड रिलिफ एसोसियसन नेपालको आयोजनामा जीतपुरका अति विपन्न परिवारलाई यी समाग्री हस्तान्तरण गरिएको हो । आइ.सि.एन.ए. रिलिफ क्यानाडाको आर्थिक सहयोगमा यो समाग्री वितरण गरिएको जीतपुर ईस्लामिक लाईब्रेरिका संचालक जाबेद अंसारीले जानकारी दिनुभयो ।

 

उहाँले जीतपुर वडा नम्बर ७ मा रहेको अति विपन्न परिवारका लागि आफुहरुले सहयोग गर्न अपिल गर्दा यस संस्थाले सहयोग गरेर यहाँका स्थानियलाई खुसी बनाएको बताउनुभएको छ । जीतपुरका युवा नेता एवम समाजसेवि अनिल गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीतपुरका कुशल ब्यवसायी श्रवण कुमार गुप्ता, अनिल तिवारी, मोजाहिर अंसारी लगाएको उपस्थिती रहेको थियो ।

ब्ल्यांकेट तथा सल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता अनिल गुप्ताले मानव रक्षाका लागि गरेको प्रतयेक कार्यले सकारात्मक उर्जा दिने गरेको आफुपनि यस्ता नेक कार्य गर्न कहिलै पछि नहट्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस