आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अखिल नेपाल महिला संघ द्वारा कृषि मन्त्रि साह सहित ८२ जना सम्मानित

एपी खबर २०७९ माघ १४, शनिबार (१ साल अघि) २७१ पाठक संख्या

सिमरा : नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रि माननिय ज्वाला कुमारी साहले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन कृषक र कृषि क्षेत्रलाई सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टा स्थित डुमरवाना पब्लिक स्कुलमा आयोजीत एक कार्यक्रमलाई संबोधन गर्दै उहाँले देशको विकासमा कृषिले आमुल परिवर्तन गर्ने बताउनुभएको हो ।

 

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जीतपुरसिमरा नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रमलाई संबोधन गर्दै उहाँले सुखि नेपाली सम्बृद्ध नेपाल को मुल नाराको साथ देश विकासका लागि नेकपा एमाले सधै अगाडी रहने भन्दै आफु विकासका लागि पुर्ण प्रतिबद्ध रहेको जानकारी समेत दिनुभयो ।

 

अखिल नेपाल महिला संघ जीतपुरसिमरा नगर कमिटिका अध्यक्ष अनिता लम्साल अधिकारीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरी, रविन्द्रदास श्रेष्ठ, मधेश प्रदेशका समानुपातिक प्रदेश सभा सदस्य मन्जु थापा मगर, नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वती देवी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारी लगाएत नेकपा एमालेबाट निर्वाचत पदाधिकारीहरको उपस्थिती रहेको थियो ।

 

नेकपा एमालेबाट निर्वाचित सबै प्रतिनिधीहरुको सम्मान गर्ने उद्धेश्य सहित आयोजना गरीएको यस कार्यक्रममा आयोजक अखिल नेपाल महिला संघ जीतपुरसिमरा नगर कमिटिले सबैलाई दोसल्ला सहित सम्मान पत्रले सम्मानित गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस