आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले गरे कृषि मन्त्रि साहलाई स्वागत तथा सम्मान

अखिलेश कुमार यादव २०७९ माघ १८, बुधबार (१ साल अघि) ३०१ पाठक संख्या

सिमरा : जीतपुरसिमरा नगर उधोग बाणिज्य संघ बाराको आयोजनामा बुधवार स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकराको कृषि तथा पशुपंक्षी बिकाश मन्त्रि ज्वालाकुमारी साहलाई स्वागत तथा सम्मान गरिएको हो ।

जीतपुरसिमारा नगर उधोग संघको अध्यक्ष मोहन शर्मा लामिछानेले बारा जिल्ला बासीले कृषि तथा पशुपंक्षी बिकाश मन्त्रिको रुपमा ज्वाला कुमारी साहलाई पाउनु निकै नै गर्वको कुरा रहेको बताए । उहाँले नेपाल कृषि प्रधान देश रहेको र यहाँको अधिकांश व्यक्तिको रोजी रोटि कृषि पेशा बाट नै चल्ने भएकोले अब किसानहरुको समस्या मन्त्रि ज्वालाकुमारी साहले चाडैनै समाधान गर्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी बिकाश मन्त्रि ज्वाला कुमारी साहले जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले जीतपुर सिमरा भित्र व्यवसाय गरिरहेको ब्यापारीको समस्यालाई आफ्नै समस्या बुझेर समबन्धित निकाय संग पहल गरेर समस्या समाधान गर्न तर्फ नगर उधोग बाणिज्य संघलाई लाग्न सुझाव दिनु भयो । जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले बेला बेलामा नगर भित्र रहेको सबै खाले पसलमा अनुगमन गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

 

त्यस्तै उहाँले आफु कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालयको तर्फ बाट जीतपुरसिमारा नगर उधोग बाणिज्य संघलाई सहयोग गर्ने बताउनु भयो । नगर उधोग बाणिज्य संघले आफुलाई स्वागत तथा सम्मान गरेकोमा मन्त्रि साहले धन्यावाद समेत व्यक्त गरेकी छिन ।


उक्त स्वागत तथा सम्मान कार्यक्रमको बिशिस्ट अतिथिमा प्रदेश सभा सदस्य देवनारायण चौधरी रहनु भएको थियो भने अतिथिहरु जीतपुरसिमरा वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, पुर्व सल्लाहकार गणेश प्रसाद साह् रहेको थियो ।कृषि तथा पशुपंक्षी बिकाश मन्त्रि ज्वालाकुमारी साह बारा निर्वाचन क्षेत्र न ३ बाट नेकपा एमाले बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर उधोग बाणिज्य संघको पदाधिकारी नवनिर्वाचित जनप्रतिनिधि लगाएत संचारकर्मिको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस