आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको बरियारपुरमा गढीमाई धार्मिक महोत्सव २०७९ फागुन २ गते देखि १५ गते सम्म हुने

एपी खबर २०७९ माघ २०, शुक्रबार (१ साल अघि) १७८ पाठक संख्या

सिमरा : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा गढीमाई धार्मिक महोत्सव -२०७९ हुने भएको छ । धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजक एवं ब्यवस्थापकले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।

 

फागुन २ गते देखि १५ गते सम्म गढीमाई मन्दिरको प्राङ्गणमा हुने भएको छ। कलश यात्रा फाल्गुन २ गते विहान ८ बजे हुने छ । धार्मिक महोत्सवको समुउद्घाटन समारोह फाल्गुन २ गते दिउँसो १ बजे हुने भएको छ । महागढीमाई नगरपालिका बरियारपुर -१ बारामा अवस्थित श्री गढीमाई मन्दिरको प्राङ्गणमा हुने धार्मिक महोत्सवको उदेश्य गढीमाई बहुमुखी क्याम्पसका लागि जग्गा खरिद एवम् भवन निर्माणकार्यका लागि आयोजना गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले बताए ।

 

 

” श्री गढीमाई धार्मिक महोत्सव -२०७९”को आयोजक गढीमाई बहुमुखी क्याम्पस रहेको छ भने महोत्सवको व्यवस्थापन समिति जिनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । ” श्री गढीमाई धार्मिक महोत्सव -२०७९” को प्रमुख वाचक बालतपस्वी प.श्री उत्तम भट्ट महाराज हुन । धार्मिक महोत्सवमा धार्मिक गुरुहरुबाट प्रवचन हुने छ भने अन्य सांस्कृतिक कार्यक्रम,भारतीय कलाकार र नेपाली चर्चित कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने भएको आयोजकले पत्रकार सम्मेलन गरि जनाएको छ ।

 

महायज्ञको अवसरमा विभिन्न जिल्लाबाट ५ लाख भन्दा बढी भक्तजनहरू आउने अपेक्षा जनाइएको छ। धार्मिक महोत्सवको प्रचारप्रसार तथा आवश्यक तयारीका लागि ९ सदस्यीय समिति गठन गरिएको छ र गढीमाई ट्रस्ट समितिका १०७ सदस्यहरु ले रु २५ हजारका दरले धार्मिक महोत्सवमा दान दिने भएका व्यवस्थापन मूल समितिका संयोजक तथा नगर प्रमुख यादवले बताए ।

प्रतिक्रिया दिनुहोस