आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मौलापुरमा मधानी महायज्ञ फागुन ५ गतेबाट सुरु हुने,उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

अखिलेश कुमार यादव २०७९ माघ २१, शनिबार (१ साल अघि) २३६ पाठक संख्या

रौतहट :रौतहटको मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ बाट दुई दिनसम्म चल्ने भएको छ। मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञ बारे पत्रकार सम्मेलनको आयोजना गारेर जानकारी गराईएको छ ।

फागुन ५ गते देखि ७ गते सम्म चल्ने मधानी महायज्ञको उद्घाटन उपराष्ट्रपटी नन्दकिशोर पुणले उद्घाटन गर्ने कार्यक्रम रहेको मौलापुर नगरपालिकाले शनिवार मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

 

फागुन ५ गते उपराष्ट्रपति पुनले महायज्ञको उद्घाटन गर्नुका साथै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन्। त्यस्तै, फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवम् संगीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानीसहित अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ। फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ।

 

मौलापुर नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन्। उनले पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा पुर्‍याउन आफू निरन्तर प्रयत्नरत रहेको बताइन्।

 

२०७६ सालदेखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ।मौलापुर नगरपालिका पूर्व मन्त्रि प्रभु साहको ग्रिह नगरपालिका हो ।उक्त पत्रकार सम्मेलनमा मौलापुर नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, प्रवक्ता चन्देश्वर बैठा लगाएत अन्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस