आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

केयर भिजन स्कुलमा संचालित आत्मारक्षा सम्बन्धि तीन दिने  नि: शुल्क  तालिम सम्पन्न

एपी खबर २०७९ माघ २५, बुधबार (१ साल अघि) २२२ पाठक संख्या

सिमरा : जीतपुरमा अवस्थित रहेको केयर भिजन स्कुलका बिधार्थीहरुलाई दिरहेको आत्मरक्षा सम्बन्धि नि: शुल्क तिनदिने तालिम आज सम्पन्न भएको छ ।

 

 

नेपाल सितोरियो कराँते शाखा डाेजाे जितपुरले जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको बिधालयका छात्रछात्राहरुकाे लागि  सुरु गरेको तीन दिने  नि: शुल्क आत्मरक्षा   तालिम सम्पन्न भएको छ । डाेजाेले जितपुरका बिधार्थीहरुलाइ जिवनका विभिन्न क्षणमा आइपर्ने समस्य र जाेखिमबाट जाेगिने उपायको बारेमा सीप प्रदान गर्ने उदेश्यले तालिम कार्यक्रम सुरु गरेको थियोे ।

 

 

तालिममा आफ्नो जिवनकाे सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बारेमा बिधार्थीहरुलाइ तीन दिन सम्म सीप सिकाइको प्रशिक्षक मनाेज कुमार साहले बताउनुभयो । जितपुर क्षेत्रमा पहिलोपटक बिधार्थीहरुकाे लागि आत्मरक्षा तालिमकाे आयाेजना गरिएको थियोे ।

 

 

तालिममा जितपुर क्षेत्रका प्रत्येक बिधालयका बिधार्थीलाई ३/३ दिनका लागि  नि: शुल्क आत्मरक्षा सम्बन्धि सीप दिइने साहले बताउनुभयो ।कार्यक्रमकाे सुरुवात स्थानीय केयर भिजन स्कुलबाट सुर गरिएको थियो ।

 

 

सम्पन्न कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवि  राजु राैनियारले गर्नु भएको छ ।सम्पन्न कार्यक्रममा अतिथि खेलाडी एवम् अभिभावक चन्द्र बहादुर सिह , शिक्षाका ईमराेज असारी ,राज करिम साह धर्मेन्द्र मुखिया , रबिन्द्र सहनी राज कुमार साह, लगायतकाे सहभागी रहेको थियो । दाेस्राे तालिम सहिद स्मारक बिधालयमा २६ गतेदेखि सुरु हुने साहले बताए ।

प्रतिक्रिया दिनुहोस