आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा अस्पतालले अब देखि २४ औं घण्टा आकास्मिक सेवा दिने

अखिलेश कुमार यादव २०७९ माघ २५, बुधबार (१ साल अघि) २७४ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ सिमरामा पहिला देखि नै संचालनमा रहेको सिमरा प्राथमिक स्वास्थ्य केन्द्रलाई बुधवार देखि जीतपुरसिमरा अस्पतालमा परिणत गरिएको छ ।

 

बुधवार जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत चेत नाथ पोखरेलले नगर अस्पताल भित्र को आकस्मिक कक्षको उद्घाटन गर्नु भएको छ ।

 

जितपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को नगर सभाबाट पारित भएको नीति तथा कार्यक्रममै १५ शय्याको अस्पताल निर्माण गर्ने कुरा उल्लेख गरेको थियो । पहिला देखि संचालन रहेको प्राथमिक स्वास्थ्य केन्द्र आज देखि जीतपुरसिमरा अस्पतालमा परिणत भएको र त्यस्तै आजै देखि जीतपुरसिमरा अस्पताल भित्र आकस्मिक सेवा समेत संचालनमा आएको नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरी चौबिसै घण्टा सञ्चालन गर्ने तयारी उपमहानगरपालिकाले आज देखि गरेको र अस्पतालका लागि चाहिने प्राविधिक जनशक्ति अहिले पुरा भएकोले २४ औं घण्टा प्रसुति ग्रिह र आकस्मिक कक्ष संचालनमा रहने स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिनुभयो ।

 

 

१० देखि ५ बजे सम्म सेवा उपलब्ध गराउदै आएको जीतपुर सिमरा अस्पतालले अब देखि २४ औं घण्टा एक जना चिकित्सकलाई अस्पताल भित्रै राखेर आकस्मिक सेवा दिने स्वास्थ्य शाखा प्रमुख भास्करले बताए ।नगरप्रमुख पौडेलले आफ्नो यो वर्षको पहिलो प्राथमिकता प्राथमिक स्वास्थ्य केन्द्र सिमराको स्तर वृद्धि गरी अस्पतालमा परिणत गर्ने रहेको थियो र लगभग त्यो पुरा भईसकेको बताउनु भयो। उहाँले अस्पतालको नयाँ भवन निर्माणको क्रममा रहेकोले अब भवन निर्माणको काम पनि चाँडो सम्पन्न गर्ने उद्देश्यले उपमहानगरपालिका लागेको पनि बताउनुभयो ।

भवन निर्माण कार्य सम्पन्न न भएको कारण अहिले १५ सैया सम्मको सेवा उपलब्ध गराउन कठिनाई रहेको र भाव निर्माण भए लगतै १५ सैयाको सेवा उपलब्ध गराउने र नगर अस्पताल नै नामाकारण गरिने स्वास्थ्य शाखा प्रमुख भास्कारले बताए ।उक्त आकास्मिक कक्ष उद्घाटन कार्यक्रममा जीतपुरसिमरा अस्पतालका कर्मचारी, वडा न २ को वडा अध्यक्ष धन बहादुर श्रेष्ठ,१५ नम्बर वडा का वडा अध्यक्ष रामप्रसाद लामिछाने लगाएत जनप्रतिनिधि र संचारकार्मिको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस