आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगर भित्र रहेका स्वास्थ्य संस्थालाई अनुमति लिन उपमहानगरको निर्देशन

प्रिती कुमारी, जीतपुर २०७९ माघ २६, बिहिबार (१ साल अघि) ४१५ पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र संचालनमा रहेको स्वास्थ्य संस्थालाई अनुमति लिन उपमहानगरले सुचना निकालेर निर्देशन दिएको छ ।

 

पहिला देखि जीतपुरसिमरा उपमहानहानगरपपालिका भित्र संचालनमा रहेका स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्दै आएका संस्थालाई र अब संचालनमा आउन लागेका नयाँ स्वास्थ्य संस्थाहरु जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा दर्ता गरेर अनुमति लिनु पर्ने प्रावधान कायम गरिएको उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले बताउनु भयो । स्वास्थ्य संस्था दर्ता तथा नबिकरणको लागि उपमहानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०७९ राजपत्रमा प्रकाशित गरिसकेको छ ।

 

मंसिर २९ गते बसेको कार्यपालिकाको बैठकले सर्वसम्मत पारित गरेको निर्देशिका माघ १२ गते राजपत्रमा प्रकाशित भएको थियो।जीतपुरसिमरा उपमहानगरपालिका भित्र संचालनमा रहेका र संचालनमा आउन लागेका अस्पताल तथा नर्सिङ होम, डायगनोस्टिन सेन्टर, पोलिक्लिनिक, आयुर्वेद अस्पताल, आयुर्वेद क्लिनिक र क्लिनिकले दर्ता तथा नविकरण गर्नुपर्ने भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।

 

यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाले नयाँ दर्ता गर्ने स्वास्थ्य संस्था र नबिकरण गर्नु पर्ने स्वास्थ्य संस्था को शुल्क समेत सुचनामा उल्लेख गरेको छ ।अब देखि आफनी पालिका भित्र बाट नै स्वास्थ्य चौकी दर्ताको लागि अनुमति लिने र नबिकरण गर्ने प्रणाली लागु भए संगै पालिका भित्र स्वास्थ्य संस्था संचालन गर्नेको लागि सहजता समेत भएको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस