आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पथलैयाको स्वर्ण जयन्ती समारोह २०७९ सम्पन्न

अखिलेश कुमार यादव २०७९ माघ २८, शनिबार (१ साल अघि) २५६ पाठक संख्या

सिमरा : नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाले आफनो ५० बर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती पारेर शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विद्यालयले शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई स्वर्ण जयन्तीको अवसर पारेर विद्यालय र शिक्षा क्षेत्रको श्रीवृद्धिमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

मधेश प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रि सरोज यादवको प्रमुख आतिथ्यमा भएको स्वर्ण जयन्ती समारोह २०७९ कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखा खेलकुद शाखा प्रमुख शिवजी प्रसाद , भिमेश्वर मध्यवर्ती सामुदायिक बन पथलैयाको अध्यक्ष पेशल कुमार मुल्मी ,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ को वडा अध्यक्ष धन बहादुर श्रेष्ठ ,मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रि सरोज यादव,समाजसेवी सुनिल गुप्ता, लगायत बिद्यालयको पूर्व शिक्षक,शिक्षिका लाई सम्मान गरेको छ ।

नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको स्वर्ण जयन्ती समारोहमा बोल्दै मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रि सरोज यादवले नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा कबर्ड हाल लगाएत फिल्ड व्यवस्थापनको लागि अहिले सम्म ५० लाख रुपैया मधेश प्रदेश सरकार बाट भुक्तानी लिन बाँकी रहेको र त्यसका लागि हामीले मंगलबार एउटा सनासदीय समिति बनाएर बाँकी रहेको रकम भुक्तानी हुने उहाँले बताउनु भयो ।

 

त्यस्तै उहाँले टेक्निकल कलेजको लागि क्याम्पसको लागि एउटा ल्याब निर्माणको आवस्यकता रहेकोले आफु भौतिक पूर्वाधार मन्त्रिको तर्फ बाट बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत गर्नु भयो । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पथलैया ५० बर्ष पार गरि ५१ औं बर्षमा प्रवेश गरेको अवसरमा मन्त्रि यादवले बिद्यालयको उन्नति प्रगति कामना समेत गर्नु भयो ।

नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पथलैयाले आफ्नो स्वर्ण जयन्ती समारोहको अवशरमा बिभिन्न जातिको परम्परा संग झल्किने नृत्य,शिक्षकहरुको नृत्य, बिध्यार्थीहरुको नृत्यहरुको प्रदर्शन समेत गरिएको थियो । उक्त स्वर्ण जयन्ती समारोहमा मधेश प्रदेशको प्रदेश सभा सदस्य देवनारायण चौधरी,पूर्व प्रदेश स्सभा सदस्य शोभा लामा,सुन्दर बिश्वक्रमा,सिता गुरुङ,जीतपुरसिमरा उपमहानगपालिकाको पूर्व उपप्रमुख सरस्वती चौधरी,वडा न ३ को वडा अद्ग्यक्ष तारा बाहादुर कार्की,वडा न २ को वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ता लगाएत बिद्यालयको बिद्यार्थी,शिक्षक शिक्षिका ,जनप्रतिनिधि र संचारकर्मिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस