आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरको सिटि मार्केटमा आगलागी हुदाँ करोडौ बराबरको क्षति(फोटो सहित)

अखिलेश कुमार यादव २०७९ माघ २९, आईतबार (१ साल अघि) ३३९ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको सिटि मार्केटमा आईतबार बिहान ७:३० बजेको करिबमा आगलागी हुदाँ करोडौ मुल्य बराबरको क्षति भएको छ ।

जीतपुर सिटि मार्केटमा अनिल साहले संचालन गरेको कपडाको पसल बाट आगलागी सुरु भएको थियो ।बिधुत शर्ट भएर आगलागी भएको हुन् सक्ने प्रहरीले आशंका गरेको छ । आगो किन र कसरी लाग्यो भनेर अनुसन्धान जारि रहेको समेत प्रहरीले जनाएको छ ।

 

ब्यापारी मनोज साहले आगो लागेको देखे पछि हुहल्ला गरे पछि स्थानियाहरुको भिड जम्मा भएको थियो भने जीतपुरसिमरा उपमहानगरपालिकाको बरुण यन्त्र, बिरगंज महानगरपालिकाको बरुण यन्त्र र नेपाल आयल निगमको बरुण यन्त्रको मदतले आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

करिब ७;३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो । समयमै स्थानीय,प्रहरी र बरुण यन्त्रको मदतले आगोलाई नियन्त्रणमा लिएको कारण सिटि मार्केट भित्र रहेको ६ वटा पसलमा मात्र आगलागी भएको थियो । आगलागी भएको खबर पाए पछि सिटि मार्केटमा संचालन गरेको पसलेहरुमा भाग दौड मचेको थियो सबैले अ-आफ्नो पसल भित्र रहेको लता कपडा बचाउन प्रयासमा लागेको थियो । कतिपयले समान ओसार पसार गर्दा पानीमा कपडा खसेको कारण आफुहरुको पनि पसल भित्र रहेको कपडा काम न लाग्ने भएको बताएका छन् ।

आगलागी बाट ठूलो क्षति भएकोले जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले १ बजे आकस्मिक बैठक बोलाएको छ । बैठकमा कसको के कति क्षति भयो के कसरी व्यवसायीहरुलाई राहत मिल्छ भन्ने समबन्धमा छलफल हुने नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछानेले एपीखबरलाई बताएको छ ।

 

आगलागी भएको खबर पाउने बितिकै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरको वडा अध्यक्ष सुनिल गुप्ता मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी र नगरप्रमुख राजन पौडेल समेत घटनास्थलमा उपस्थित भएको थियो । यता उक्त आगलागी भएको घटनास्थलमा प्रमुख जिल्ला अधिकारि नवराज सापकोटा र बारा क्षेत्र न ४ को सांसद किसान श्रेष्ठ समेत घटना स्थलमा पुगेको थियो ।

सिटि मार्केट भित्र लागेको आगोले कसको कति क्षति भयो

 

हजारी साहले संचालन गरेको कपडा पसल बाट ५ लाख, बिबेक चौधरीले संचालन गरेको कपडा पसल बाट ५ लाख,मोहम्मद सुबरातिले संचालन गरेको कपडा पसल बाट २० लाख,अनिल साहले संचालन गरेको कपडा पसल बाट १७ लाख , मुनुलाल प्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्स बाट २० लाख र अन्जनी प्रसाद चौरसियाले संचालन गरेको पसल बाट ५ लाख को क्षति भएको सिटि मार्केट भित्र संचालन गरेको यी पसलेहरुले जनाएको छ ।

आगलागी बाट ६ वटा पसल पूर्ण रुपमा जलेर नस्ट भएको छ ।जीतपुरमा बिगत केहि दिन देखि बिधुत शर्ट भएर आगलागी हुने घटना बढेको छ । दैनिकी रोजी रोटि गर्ने एउटा पेशा मात्र व्यवसाय नै भएको र त्यसमा पनि पसल भित्र रहेको सबै समान जलेर नस्ट हुदा पिडित व्यवसायीहरुले देखेसो गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस