आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

एपी खबर २०७९ माघ २९, आईतबार (१ साल अघि) १७५ पाठक संख्या

जनकपुर : मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन भोली सार्वजनिक बिदा दिएको छ ।

 

मधेश सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने प्रकाशित गरेको छ ।

गत वर्षदेखि मधेश सरकारले मनाउन सुरु गरेको जनयुद्ध दिवसमा यस पटक सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन जनकपुरधाम आउन लागेको गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिंहले जानकारी दिए ।

 

मधेश सरकारले जनकपुरधाम स्थित मधेश भवनको कवड हलमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस