आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन

अखिलेश कुमार यादव २०८० बैशाख ७, बिहिबार (१ साल अघि) १५४ पाठक संख्या

बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने आश्वासन दिएको छ । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा सत्ता गठबन्धन दलहरू द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थल बनेपछि गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने समेत बताएका छन् ।

 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं । म तपाईंहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिने भनेर उहाँले जनता माझ आश्वासन दिनु भएको छ ।

 

हुन् त् नेपालमा चुनावको बेला आफ्नो उम्मेदवारलाई जिताउन नेताहरुले जनता माझ ठूल ठूला आश्वासन दिने गर्छ तर जनताको मत पाएर चुनाव जिते पछि सबै नेता कुर्शीको पछाडी दौड धुप गर्ने गरेको कारण जनताहरु ति नेताहरु बाट निराश हुन् पुग्छ ।जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारका लागि प्रचण्डसँगै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बारा आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस