आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विषालु सर्पले डस्दा सिराहामा एक बालकको मृत्यु

एपी खबर २०८० बैशाख ८, शुक्रबार (१ साल अघि) ८९ पाठक संख्या

सिराहा – विषालु सर्पले डस्दा सिराहामा एक बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो।सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो ।

 

सो अघि बालकलाई चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगे पनि त्यहाँ उपचार सम्भव नभए पछि फूलबारी अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस