आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाइजोका लागि श्रीमतीलाई जलाएर हत्या गर्ने प्रयास

एपी खबर २०८० बैशाख ८, शुक्रबार (१ साल अघि) १०८ पाठक संख्या

जनकपुरधाम- दाइजोका लागि धनुषामा एक युवकले श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ। जनकपुरधाम उपमहानगरपालिका- २० देवपुरा रुपैठाका राजीव झाले आफ्नो परिवारका अन्य सदस्यहरूसँग मिलेर २८ वर्षीया श्रीमती श्वेता झाको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन्।जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा अहिले श्वेताको उपचार भइरहेको छ। उनले परिवारका अन्य सदस्यहरूसँग मिलेर श्रीमानले हत्या गर्ने प्रयास गरेको आरोप लगाइन्।

 

विवाहको १० वर्ष बितिसक्दा पनि तीन तोला सुन अहिलेसम्म नदिएकाले विगतदेखि आफूलाई परिवारमा कुटपिट हुँदै आएको बताइन्।श्वेतालाई नयाँ वर्षकै दिन श्रीमानसहित परिवारका अन्य सदस्यहरूले आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन्।घटनाबारे थाहा पाएपछि भारतको दरभंगाबाट श्वेताका बुबा जयकुमार झा, भाइलगायत आफन्तले उनलाई घटनाको एक सातापछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन्।

 

श्वेताको शरिरको ३५ प्रतिशत भाग जलेको छ।यता धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले विभिन्न सञ्चारमाध्यमबाट घटनासम्बन्धमा जानकारी भएपछि पीडितसँग जानकारी लिन प्रहरीटोली जान लागेको बताए।सभार देश्संचार अनलाईन

 

प्रतिक्रिया दिनुहोस