आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नक्कली नागरिकता बनाउन सिफारिस गर्ने बाराको कलैया उपमहानगरपालिकाका वडाध्यक्ष पक्राउ

एपी खबर २०८० बैशाख ८, शुक्रबार (१ साल अघि) १९१ पाठक संख्या

बारा – भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने बाराको कलैया उपमहानगरपालिकाका वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष महम्मद साबिरसहित तीन जनालाई पक्राउ गरेको हो।

 

वडाध्यक्ष साबिरसहित नेपाली नागरिकता लिएको आरोपमा २१ वर्षीय रमेश साह तुराहा र उनका नक्कली बाबु बनेका मावलीका हजुरबुवा जोधन साह तुराहालाई पनि प्रहरीले गत बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका रमेशले आफ्ना मावलीका हजुरबुवा पर्ने जोधनलाई बुवा बनाएर ६ महिना पहिले जिल्ला प्रशासन कार्यालयबाट वंशज नागरिकता नै बनाएका थिए। उजुरीको आधारमा रमेशसहित उनको नक्कली बुवा जोधन र नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष साबिरलाई पक्राउ गरिएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। तीनै जनाविरुद्धअदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस