आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बासीलाई भेडा भनेर अपमान गरेको बिरुद्धमा युवाहरुले बुझाए ज्ञापन पत्र

अखिलेश कुमार यादव २०८० बैशाख १५, शुक्रबार (१ साल अघि) २१४ पाठक संख्या

सिमरा:गत बैशाख १० गते बारा जिल्लाको क्षेत्र न २ मा सम्पन्न उपनिर्वाचनलाई लिएर बारा बासि र मधेसी बासीलाई लक्षित गरि सामाजिक संजालमा पोस्ट गरिएको भिडियोको बिरुद्धमा आज बाराको युवाहरुले जिल्ला प्रशासन कार्यालय कलैयामा पुगेर प्रमुख जिल्ला अधिकारि नवराज सापकोटालाई ज्ञापन पत्र बुझाएको छ ।

 

बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा क्षेत्र न २ बाट जसपा पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनु भएकोमा उक्त क्षेत्र बाट उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी लगाएत जनमत पार्टीका कार्यक्रताले सामाजिक संजालम भिडियो बनाई बारा जिल्ला बासि लगाएत मधेसी समुदाय माथि अघात पुग्ने गरि फेशबूक मार्फत कमेन्ट बाजी गरेर बिभिन्न किसिमको गालि गरेको प्रति कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारि समक्ष शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।

 

बारा बासि र मधेसी समुदायको मान मर्यादामा ठेस पुग्ने गरि सामाजी संजालमा पोस्ट गरिएको भिडियो योजना पूर्वक बनाईएको र यो भिडियोले सामाजी सदभाव खल्बलाउने गरि जातीय भेदभावको समेत मनसाय राखी भिडियो पोस्ट गरेको युवा स्वास्थ्यकर्मी रुपेश ठाकुरको ठहर छ । बारा जिल्लाको क्षेत्र न २ मा कसलाई जिताउने न जिताउने त्यो अधिकार बारा क्षेत्र न २ को जनता संग रहेको भए तापनि बारा बासि लगाएत मधेशी समुदायलाई भेडाको संज्ञा दिनु एक दमै गलत रहेको जानकारहरु बताउछन ।

बिगत केहि महिना देखि मधेसी समुदायलाई लक्षित गरि नकरात्म भिडियोहरु सामाजिक संजालमा पोस्ट भए पनि कसैको ध्यान न जानु लजास्पद रहेको युवा स्वास्थ्यकर्मी  रुपेश ठाकुरले बताएका छन् । त्यस्तै उनले आगामी दिनमा यस्ता भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरेन र पहिला पोस्ट गरिसकेकोलाई कारवाही न भए शान्तिपूर्ण आन्दोलनमा उत्रिन हामि बाध्य हुने समेत उहाँले बताउनु भयो ।

 

मधेशी समुदायलाई लक्षित गरेर सामाजीक संजालमा भिडियो पोस्ट भए पनि अहिले सम्म ग्रिह मन्त्रालय,प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी काठमाडौँ र जिल्ला प्रहरी कार्यालय बारालाई बोदार्थ गरेर ज्ञापन लेखिएको छ ।

ज्ञापन पत्र

 

प्रतिक्रिया दिनुहोस