आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्रोत नखुलेको १२ लाखसहित दुई जना भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

एपी खबर २०८० बैशाख २७, बुधबार (१ साल अघि) ७९ पाठक संख्या

वीरगञ्ज – स्रोत नखुलेको १२ लाखसहित दुई जना भारतीय नागरिक वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार जिल्ला पूर्वी चम्पारण ग्रामपञ्चायत भेलाही बस्ने धनन्जय कुमार गुप्ता र मुसाहेब आलम छन्। पर्साको विन्ध्यवासिनी गाउँपालिका–५ प्रसौनीभाटा पुलस्थित चेकजाँचका क्रममा प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो।

 

 

बीआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकलमा आइरहेका दुबै जनाको साथबाट एक हजार दरको आठ सय थान, पाँच सय दरको आठ सय गरी १२ लाख रकम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए। रकमसहित पक्राउ परेका दुबै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विरूद्धको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए।

 

प्रतिक्रिया दिनुहोस