आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको आदर्श कोतवाल गाउँपालिकामा आगलागी हुदाँ चार जना घाईते

अखिलेश कुमार यादव २०८० जेष्ठ १, सोमबार (१२ महिना अघि) ९५ पाठक संख्या

बारा – बारा जिल्लामा आगलागीमा परि ४ जना घाईते भएको छ ।आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर १ च्युटाहा टोलमा आइतबार राति स्थानीय मनोजप्रसाद यादवको घरमा आगलागी हुँदा उनीसहित उनकी श्रीमती र दुई छोराहरु जलेर घाइते भएका हुन्।

 

आगलागीमा परेर उनकी श्रीमती तेतरीदेवी र छोराहरु छोटु यादव र सन्दीप यादव घाइते भएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए।राति घरनजिकै रहेको गोठमा लामखुटे धपाउन बालिएको घुरबाट भएको आगलागीबाट चार लाख दस हजार बराबरको धनामालको क्षति भएको उनले बताए। घाइते भएका चारैजनाको वीरगञ्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस