आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकार छाडेको दुई महिनापछि एमाले द्वारा मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता

एपी खबर २०८० जेष्ठ २, मंगलबार (१२ महिना अघि) १३२ पाठक संख्या

जनकपुरधाम । सरकार छाडेको करिब दुई महिनापछि एमालेले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । मधेस प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएको हो ।

 

सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । चार वटा मन्त्रालय सहित सरकारमा सहभागी भएको एमाले ०७९ चैत २ मा नै सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।

 

०७९ पुस १० मा बनेको ७ दलीय गठबन्धन अनुसार एमाले केन्द्र तथा प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन फेरेपछि केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ मा मधेस सरकार समेत छाडेका थिए । मधेस प्रदेश एमालेको २५ जना प्रदेशसभा सदस्य रहेका छन् ।

 

यता एमाले सरकारबाट बाहिरिए सँगै काँग्रेस, लोसपा र नेकपा एस सरकारमा सहभागी हुने गृहकार्य सुरु भइसकेको छ । कांग्रेसको २२, लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेशसभा सदस्य रहेको छ । यी ३ वटै दल सरकारमा सामेल हुन तयार रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस