आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैया उपमहानगरपालिकाको वडा न ६ मा ३० दिने ब्युटिसियन तालीम संचालन

एपी खबर २०८० जेष्ठ २, मंगलबार (११ महिना अघि) १०९ पाठक संख्या

धिरेन्द्र तिवारी / कलैया : कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा ३० दिने महिलाहरुको लागि ब्युटिसियन तालीम संचालनमा आएको छ ।कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले उद्घाटन गरे संगै महिलाहरुको लागि ब्युटिसियन तालीम मंगलबार देखि संचालनमा आएको छ ।

 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाको नगर प्रमुख बिनोद साहले ३० दिने ब्युटिसियन तालिममा सहभागी भएका सम्पुर्ण महिलाहरुलाई राम्रोसँग सिकेर व्यवहारमा ल्याउन सुझाव दिनु भयो।बिशिस्ट अथिती अदयानन्द पाण्डेले कार्यक्रमका सहयोगी बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य माननीय महमम्द समिरलाई धन्यवाद दिनुभयो ।
त्यस्तै पाण्डेले तालिममा सहभागी हुने परिक्षार्थीहरुलाई राम्रोसँग सिकाई सिकेर आफुमा दक्ष बनी अरुलाई सहयोग गर्ने सुझाव दिनु भयो।तालिममा सहभागी हुने परिक्षार्थीहरुलाई प्रीया ठाकुरले प्रशिक्षण दिने तालिमका ब्यवस्थापक धिरेन्द्र तिवारीले जानकारी गराए।उक्त तालीमको सहयोगी मधेस प्रदेश पूर्वाधार कार्यालय बिरगंज पर्सा तथा बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य माननीय महमम्द समिरको संसदीय कोष रहेको छ ।
तालीमको आयोजना युवा तथा महिला बिकस केन्द्र बाराले गरेको छ । महिलाहरुको लागि ब्युटिसियन तालीम उद्घाटन सामरोह्का संचालन रुस्तम आन्सारीले गरेका थिए । स्वागत मनतब्य धिरेन्द्र तिवारीले गरेका थिय । कार्यक्रममा कलैया उपमहानगरपालिकाका पुर्ब वडा अध्यक्ष डाक्टर अकतर , युवा संघका नगर सचीव जाबेद आन्सारी ,बिक्की साह तेलि, जलन्धर यादव, लुकमान अन्सारी, युवा तथा महिला बिकास केन्द्र बाराका सचीव सन्तोष महतो, कोषाअध्यक्ष चान्दनी कुमारी ,पणडे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस