आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको कोल्हवी नगरपालिकाले कृषि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने

अखिलेश कुमार यादव २०८० जेष्ठ ३, बुधबार (११ महिना अघि) ८९ पाठक संख्या

बारा ।बारा जिल्लाको कोल्हवी नगरपालिकाले कृषि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै विद्युत महसुलमा अनुदान दिने जनाएको हो ।

 

नगरपालिकाको अनुसार पालिकाभित्रका कृषकले गत वर्षको श्रावणदेखि बैशाख महिनासम्म बुझाएको कृषि विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिन लागेको हो । अनुदान रकम उपलब्ध गराउन आवेदकसाग माग गरिएको जनाइएको छ ।

 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । जेठ २ गते प्रकाशित भएको सूचनामा जेठ ९ गते सम्म आवेदकहरुले आबेदन दिन सक्ने उल्लेख गरिएको छ । कोल्हवी नगरपालिकाको स्थानीयहरू बढी खेति पाटीमा निर्भर भएकोले नगरपालिकाले कृषि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भए पछि किसानहरु खुशी भएको छ ।

प्रतिक्रिया दिनुहोस