आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक सुरक्षा सप्ताह अन्तर्गत जीतपुरमा सडक सुरक्षाको विषयमा सचेतना कार्यक्रम

अखिलेश कुमार यादव २०८० जेष्ठ ३, बुधबार (११ महिना अघि) ७७ पाठक संख्या

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले सडक सुरक्षा सप्ताह अन्तर्गत बुधवार जीतपुरमा सडक सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो ।

 

सडक सुरक्षा हाम्रो प्राथमिकता सडक दुर्घटना न्यूनीकरण अभियान भन्ने मूल नाराका साथ सुरु भएको सडक सुरक्षा सप्ताहमा बुधवार जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा चालकलाई सडक सुरक्षाको विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुरेश कुमार ठाकुरले बताए ।


शान्तिपूर्ण एवं सुरक्षित यात्राका लागि सोमबारदेखि सुरु गरिएको सडक सुरक्षा सप्ताह २०८० कार्यक्रम जेठ ७ गतेसम्म आयोजना गरिने निरीक्षक ठाकुरले बताए ।आज सडक सुरक्षा सप्ताहको तेश्रो दिन जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ता, इलाका प्रहरी कार्यालय जीतपुरको प्रमुख रमण पण्डित लगायतले सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षाबारे आआफ्नो धारणा राखेका थिए।उक्त सडक सप्ताह कार्याक्रममा जीतपुरको बिभिन्न बिद्यालयको बिधयार्थीहरुले सडक परिक्रमा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस