आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चन्द्रनगरमा नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु

एपी खबर २०८० जेष्ठ ६, शनिबार (११ महिना अघि) ६५ पाठक संख्या

सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु भएको छ।चन्द्रनगर गाउँपालिकाको आयोजना तथा बाल विकास नेपाल बरहथहवाको सहयोगमा आज देखि नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु भई ४५ दिन अर्थात १ सय ८० पिरियड कक्षा सुरु हुने छ ।

 

आज गाउँपालिका अध्यक्ष राजकुमार महतोले नि:शुल्क लोकसेवा तयारी कक्षाको उद्घाटन गर्नुभयो। नि:शुल्क लोकसेवा तयारी कक्षामा खरिदार र नायव सुब्बाको तयारी हुने चन्द्रनगर गाउँपालिकाका सूचना प्रविध अधिकृत संजय महतोले जानकारी दिनुभयो ।

 

गाउँपालिका अध्यक्ष महतोले पहुँच नभएका व्यक्तिले पनि लोकसेवा आयोग लडेर सरकारी सेवामा प्रवेश गर्न भएको हुदा सहभागी छात्र तथा छात्रलाई बढी मेहनत गरे सम्भव हुने बताउनुभयो । तपाईं सहभागीले यसमा राम्रो गर्नुभयो भने अगामी आ. व. मा शाखा अधिकृतको नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु हुने अध्यक्ष महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस