आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हावाहुरीले केराको बोट ढलेपछि बाराको निजगढका किसानहरु चिन्तित

एपी खबर २०८० जेष्ठ ७, आईतबार (११ महिना अघि) ७४ पाठक संख्या

प्रलाद तिमल्सिना , बारा । केही दिनअघि आएको हावाहुरीले केराको बोट ढलेपछि बाराको निजगढका किसानहरु चिन्तित बनेका छन् । करोडौं मूल्य बराबरको बजार लैजान ठिक्क पारेको केराको बोट ढलेर क्षति भएपछि किसानहरु चिन्तित बनेको छ ।

 

शनिबार साँझ आएको हावाहुरीले पाक्न लागेको केराका बोट ढालेर नष्ट गरेहो हो । निजगढमा लगभग १५०० हेक्टरमा किसानले केरा उब्जनी गरेको पाइएको छ । निजगढका किसानले रोपेकोे केरामध्ये करिव ७० प्रतिशत केरा हावाहुरीले ढालेर नष्ट पारेको निजगढ ९ का किसान माधव न्यौपानेले बताए । आफूले खेती गरेको १५ बिघा मध्ये ५० देखि ९० प्रतिशतसम्मको केरा बालीमा क्षति भएको न्यौपानेले बताए ।उनले आफ्नो मात्रै ४० लाखभन्दा बढी मूल्यको केरामा नोक्सानी भएको बताए । न्यौपानेका अनुसार निजगढका अन्य किसानको केराबालीमा पनि हुरीले उत्तिकै क्षति भएको छ ।

 

 

सरकारले यो वर्ष केराबालीमा हुने नोक्सानीमा बिमाको व्यवस्था नगरेकाले किसानहरु थप मार्कामा परेको निजगढ– ६ का अर्का केरा किसान डिल्ली चन्द्र तिमल्सिना (जनक) बताउँछन् । आफूसँग १ धुर जग्गा पनि नभएको र करिब ५ विघा जग्गा भाडामा लिएकोले बर्षेनी जग्गा धनीलाई ५ लाख बुझाउनु पर्ने उनको बाध्यता छ । तर केरा खेती हावाहुरीले नस्ट पारेपछि अब के गर्ने के भन्ने अन्योलमा रहेको उनले बताए । ‘आफू सडकको वास हुँदा पनि खेती गरेर केही गर्न सक्छु कि भन्ने थियो तर अब त्यो आश पनि मरेको छ,’ उनले भने ।

 

सबै कागजपत्र तयार पारेर बुझाउदा पनि कम्पनीले यसपटक केरा खेतीको बिमा गर्न नमानेको पनि उनले बताए । केराको बिमा गर्ने पोलिसी नभएको बताउदै कम्पनीले बिमा नगरेको हो ।अघिल्लो वर्ष हुरीले क्षति पुर्याएपछि किसानले बिमा कम्पनीसँग क्षतिपुर्ति बापत ठुलो धनराशी दाबी गरेपछि कम्पनीले केराको बिमा गर्ने पोलिसी रोकेको र पटक पटक किसानहरुले आन्दोलन गर्नु परेको बारा केरा तथा फलफुल उत्पादक संघको अध्यक्ष एकबहादुर श्रेष्ठ बताउँछन् ।

 

निजगढमा ५ सयभन्दा बढी किसानले सयौं हेक्टर जमिनमा खेरा खेती गर्दै आएका छन् । अन्य बालीभन्दा केरामा राम्रो आम्दानी हुने भएपछि किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । तर हावाहुरीका कारण स्थानीय किसानले मर्का बेहोर्नुपर्ने अवस्था आएको छ ।

 

यहाँ उत्पादित केरा हेटौडा, जनकपुर, पोखरा र काठमाडौँ लगायतका शहरमा निर्यात गर्ने गरिएको छ । केही वर्षअघिसम्म तीन जिल्लाका चिनी मिललाई ५० प्रतिशत उखु उत्पादन गर्ने निजगढ नगरपालिका यतिबेला केराले ढपक्कै ढाकेको देखिन्थ्यो । तर यसरी हावाहुरीले पाक्न लागेको केरा ढलेपछि र क्षतिपूर्ति समेत नपाउने भएपछि केरा तर्फको आकर्षण घट्ने पो हो कि भन्ने चिन्ता समेत किसानहरुमा छाएको छ ।

प्रतिक्रिया दिनुहोस