आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा ७५ बर्षीय पुरुषको शव हत्या गरिएको अवस्थामा भेटियो

अखिलेश कुमार यादव २०८० जेष्ठ ११, बिहिबार (११ महिना अघि) १११ पाठक संख्या

रौतहट : रौतहटमा गए राति करिब १२ बजे एक जना ७५ बर्षिय पुरुषको हत्या गरिएको छ ।रौतहटको देवाही गोनाही नगरपालिका वडा न १ करुनियाका ७५ बर्षिय शेख तैयबको हत्या गरिएको अबस्थामा विहिवार विहान शब फेला परेको छ ।

 

पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शब घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ र कन्चटमा गोलि लागेकोले कसैले गोलि हानेर नै हत्या गरेको बताएको छ । यता जिल्ला प्रहरी कार्यालय रौतहटले अहिले घटना संकास्पद रहेकोले पोस्ट म्यार्टमको रिपोर्ट मात्र आए पछि मात्र केहि भन्न सकिने भनेर प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस