आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा:वडा न १६ द्वारा सर्वपक्षीय भेला तथा समिक्षा कार्यक्रम सम्पन्न

एपी खबर २०८० जेष्ठ १३, शनिबार (११ महिना अघि) १४० पाठक संख्या

जीतपुर: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का जनप्रतिनिधिले शुक्रवार सर्वपक्षीय भेला तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।जनप्रतिनिधिको रुपमा एक वर्षको कार्यकाल वडाबासीको चाहना तथा अपेक्षा अनुरुप भए नभएको समीक्षा गर्न वडाध्यक्ष हरिदेव खरेलले सर्वपक्षीय भेलाको आयोजना गरेको थियो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १६ सखुवाघाटस्थित वडा कार्यालयको भवनमा आयोजित कार्यक्रममा वडाध्यक्ष खरेलले निर्वाचित भएको एक वर्षमा वडा कार्यालयले गरेका कार्य विवरण प्रस्तुत गरेका थिए । उनले आफ्नो वडामा जनताको चाहना अनुसार नै बिकाशको गतिलाई अगाडी बढाएको बताए ।

 

सडक, कृषी, स्वास्थ्य, शिक्षा, विद्युतलगायत आवश्यकता अनुसारका योजनालाई प्राथमिकतामा राखेर काम गरेको बताउदै खरेलले बाँकी रहेको कार्यकालमा पनि वडाबासीको सुझाव अनुसार अघि बढ्ने बताए ।वडाध्यक्षसहितका जनप्रतिनिधिले जनताको चाहना अनुरुप काम गरेको बताउदै राजनीतिक दलका प्रतिनिधिले सबैको सल्लाह सुझावलाई सम्बोधन गर्दै अघि बढ्न सुझाव दिए ।

 

खरेलले नगर, प्रदेश र संघबाट चालु आर्थिक वर्षमा चार करोड भन्दा बढी रकम बराबरको योजनाको काम सम्पन्न भएको बताए ।कार्यक्रममा नेकपा एमालेका पाण्डु सापकोटा, नेपाली कांग्रेसका श्याम तुम्सिङ, नेकपा माओवादी केन्द्रका नवराज श्रेष्ठले राजनीतिक दलका तर्फबाट सम्बोधन गरेका थिए । सशस्त्र प्रहरी बल ४० नम्बर हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनहित उपभोक्ता सहकारीका अध्यक्ष अनिल मैनाली, ब्रम्हकुमार गुणराज लामिछाने, टांगीयाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा, संचारकर्मी गणेशराज रिजाललगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस