आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा: नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभए संघर्षमा उत्रने शिक्षकहरुको चेतावनी

एपी खबर २०८० जेष्ठ १३, शनिबार (११ महिना अघि) ११८ पाठक संख्या

जीतपुर: जीतपुरसिमरा उपमहानगरपालिका भित्र कार्यरत राहत तथा अस्थायी शिक्षकले बैशाख १३ गतेको नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभए संघर्षमा उत्रने उपमहानगरलाई चेतावनी दिएका छन् ।

 

शुक्रवार सिमरामा सम्पन्न शिक्षक संगठनको एकता भेलाले राहत तथा अस्थायी शिक्षकको म्याद थप गर्नुपर्ने नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । नगर प्रमुख स्तरीय उक्त निर्णयमा उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी, राहत, बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीको एक वर्षको करार म्याद विद्यालय व्यवस्थापन समितिको बैठकबाट थप गर्नुपर्ने र उक्त म्याद थपको पत्र बैशाख ३१ गतेसम्म कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ । तर राहत तथा अस्थायी शिक्षक भने नगर प्रमुख स्तरीय उक्त निर्णयमा सन्तुष्ट छैनन् ।भेलाले उक्त निर्णय तत्काल फिर्ता लिन नगर प्रमुख राजन पौडेलसंग माग गरेको छ ।

 

बैशाख १३ गते नगर प्रमुख स्तरीय निर्णय भएको उल्लखे गर्दै सामुदायिक विद्यालयलाई सम्बोधन गरेर उपमहानगरपालिको शिक्षा महाशाखाबाट पत्र जारी भएपछि शिक्षकहरु असन्तुष्ट रहदै आएका छन् । जीतपुरसिमरा उपमहानगको शिक्षकहरुले नगर प्रमुख राजन पौडेललाई भेटेर उक्त निर्णय सच्याउन माग गरिसकेका छन् । तर नगर प्रमुख पौडेल भने उक्त निर्णय सच्याउन तयार देखिदैनन् ।राहत शिक्षक संघर्ष समितिका केन्द्रीय सहसंयोजक विनोद पासवानले यस्तो निर्णयविरुद्ध सबै शिक्षकले आन्दोलन गर्नुपर्ने बताए ।

 

विद्यालय व्यवस्थापन समितिबाट प्रत्येक वर्ष करार म्याद थप गर्नुपर्ने निर्णयले समग्र शिक्षामा राजनीतिक हस्तक्षेप हुने शिक्षक संगठनको तर्क छ । नगर प्रमुखले शिक्षा ऐन विपरित उक्त निर्णय गरेको शिक्षक संगठनको दावी छ । भेलामा नेपाल शिक्षक महासंघ जीतपुरसिमराका अध्यक्ष शंकर आचार्यले उपमहानगरपालिकाको निर्णयविरुद्ध संघर्षमा उत्रनुपर्ने बताएका छन् ।

 

नगर प्रमुख स्तरीय निर्णय भन्दै शिक्षकमाथी गरिएको आक्रमणविरुद्ध लड्नुपर्ने र त्यसका लागि सबै शिक्षक संगठनले एकताबद्ध भएर आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।भेलाले उक्त निर्णय सच्याउनका लागि दवाव दिने उदेश्यले बरुण गौतमको संयोजकत्वमा गठित १० सदस्यीय सघर्ष समितिलाई परिचालन गर्ने निर्णय गरेको छ । उक्त समितिमार्फत संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस