आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ

अखिलेश कुमार यादव २०८० जेष्ठ १३, शनिबार (११ महिना अघि) १५३ पाठक संख्या

जीतपुर: रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन ।उनी माथी बचतकार्ताको झण्डै २ करोड रकम हिनामिना गरेको आरोप लागेको छ ।

 

पर्सा बहादुरमाई गाँउपालिका २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेको थियो ।हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैया हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो।केही दिन पहिला केही कर्मचारिले हुलाक बचत बैंकमा बचत गरेको रकम झिक्न जादा खातामा पैसा न भएको जनकारी पाए पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

 

 

बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस