आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारत तर्फ लैजादैं गरेको जाँड–रक्सी र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० जेष्ठ १४, आईतबार (११ महिना अघि) ९८ पाठक संख्या

महोत्तरी – नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको जाँड–रक्सी र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

 

महोत्तरी प्रहरीले पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा गए राति २२ कार्टुन जाँड–रक्सी र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीले बताउनुभयो । भारतको बिहार राज्यमा जाँड–रक्सी प्रतिबन्धित रहेको अवस्थामा नेपालबाट भारततर्फ लैजाँदै गर्दा प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र समान छाडेर भागेका थिए ।

 

सीमा क्षेत्रबाट बरामद गरेको जाँड–रक्सी र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेकाे प्रहरीले जनाइको छ ।

प्रतिक्रिया दिनुहोस