आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको पुरैनियामा महिलाहरुको पाठेघर सम्बन्धि जनचेतनामुल्क तालिमको उद्घाटन

AuthorAP Khabar२०८० जेष्ठ १५, सोमबार (११ महिना अघि) १४० पाठक संख्या

धिरेन्द्र तिवारी – कलैया : बाराको फेटा गाउँपालिकाको वडा नम्बर ६ पुरैनिया टोलमा महिलाहरूको पाठेघर समबन्धी जनचेतनामुलक तालीमको सोमबार उद्घाटन गरिएको छ ।

बारा क्षेत्र न ३ ख को प्रदेश सभा सदस्य महम्मद समिरले सोमबार एक कार्यक्रमको बीच महिलाहरुको पाठेघर सम्बन्धि जनचेतनामुलक तालिमको उद्घाटन गर्नु भएको छ ।उक्त तालिम माननीय महम्मद समिरको संसदिय कोषको सहयोग र महिला बाल तथा समाज कल्याण केन्द्र फेटा ६ को आयोजनामा तालिम संचालन गरिएको संस्थाको प्रतिनिधि लुकमान खानले जानकारी दिनु भएको छ ।
तालिमको उद्घाटन पछि बोल्दै प्रदेश सभा सदस्य महम्मद समिरले आफु प्रदेश सभामा जितेपछि सपथ लिने बेला जनता संग गरेको वाचा अन्तर्गतनै महिलाहरुको पाठेघर सम्बन्धि जनचेतनामुलक तालिम संचालनमा ल्याएको बताए ।त्यस्तै उहाँले तलिममा सहभागि भएका महिललाहरुलाई तपाईंहरुले नै सरकारलाई तिरेको कर बाट यो तालिम संचालनमा आएको कारण यसमा ध्यान दिएर सिकेर यसलाई व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो ।
तालिम उद्घाटन समारोहमा महिला बाल तथा समाज कल्याण केन्द्रका अध्यक्ष राजेश कुशवाहाको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रमका बिशिस्ट अथिती वडा नम्बर ६ का वड अध्यक्ष अमिर हामजा ठकुराई, अथिती पूर्व वडा अध्यक्ष जाकिर अन्सारी, मौलान मुस्ताक महम्म्द ,समिम्म लुकमान खान, लगयतको उपस्थिति रहेका थिए ।तालिममा प्रशिक्षक कुरान अलि ठकुराई र नबिना अधिकारीले प्रशिक्षण दिने भएकोछ ।

प्रतिक्रिया दिनुहोस