आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा अध्यक्ष कार्की द्वारा प्रहरी चौकीको पर्खालको शिलान्याश

एपी खबर २०८० जेष्ठ १५, सोमबार (११ महिना अघि) १६१ पाठक संख्या

जीतपुर :जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित रामवनमा प्रहरी चौकीको लागि पर्खालको शिलान्याश गरिएको छ । पर्खाल निर्माण समितिले सोमबार आयोजना गरेको शिलान्याश कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा न ३ को वडाध्यक्ष तारा बहादुर कार्कीले शिलान्याश गरेको हो ।

 

रामवनटाडीमा रहेको अस्थायी प्रहरी चौकी संग जग्गा कम रहेको र बाटो बिस्तार हुदाँ कार्यालयको लागि जग्गा अपुग भए पछि वडा अध्यक्ष तारा बहादुर कार्कीको पहलमा नवराज पौडेलले प्रहरी चौकी निर्माणको लागि ४ कठा जग्गा उपलब्ध गराएको वडा सदस्य चिम बहादुर पाख्रिनले बताए ।२०८०/८१ को बजेट बाट वडा न ३ ले रामवन टाडीमा प्रहरी चौकीको लागि जग्गा दाता बाट प्राप्त जग्गा संरक्षण गर्ने उदेश्यले पर्खाल निर्माणको लागि ३ लाख बजेट बिनियोजन गरेको हो ।गणतन्त्र दिवशको अवसर पारेर वडा अध्यक्ष तारा बहादुर कार्कीले स्थानीय र वडा सदस्यको रोहवरमा प्रहरी चौकीको लागि पर्खालो शिलान्याश गरेका हुन् ।शिलान्याश पछि बोल्दै वडा अध्यक्ष कार्कीले यस बर्षमा वडा संग कम बजेट भएको कारण वडाको तर्फ बाट अहिले पर्खाल निर्माणको लागि ३ लाख बजेट बिनियोजन गरिएको र आगामी आर्थिक बर्षमा भवन निर्माणको लागि वडाले बजेट बिनियोजन गर्ने बताए ।उक्त शिलान्याश कार्यक्रममा वडा सदस्य चिम बहादुर पाख्रिन, उपभोक्ता समितिको अध्यक्ष दिपक तमाङ्ग,,मिक्मोर दोङ्ग,सागर तमाङ्ग,पिंके तमाङ्ग र खडक बहादुर खत्रुई लगाएत स्थानियाहरुको उपस्थिति रहेको थियो ।

 

यसैबीच

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ रामवन टाडीमै बिगत लामो बर्ष देखि अतिक्रमित गरेर राखेको १५ कठा सार्वजनिक जग्गा खालि गराएको ठाउँमा पनि वडा अध्यक्ष तारा बहादुर कार्कीले तार र जाली लगाउनको लागि शिलान्याश गर्नु भएको छ ।वडा अध्यक्ष कार्कीले अहिले ५ लाख बजेट बिनियोजन गरेर भूमाफियाको चंगुल बाट बचाएको जग्गामा तारवार गरिने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस