आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सभा सदस्य देवनारायण चौधरी द्वारा सडक ढलानको शिलान्याश

अखिलेश कुमार यादव २०८० जेष्ठ १६, मंगलबार (११ महिना अघि) १५० पाठक संख्या

जीतपुर : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ९ छाता पिप्रामा मंगलबार सडक ढलानको शिलान्याश गरिएको छ ।बारा क्षेत्र न ४ क को प्रदेश सभा सदस्य देवनारायण चौधरीले  एक कार्यक्रमको बीच सडक ढलानको शिलान्याश गर्नु भएको छ ।

 

वडा न ९ मा बिनोद चौधरीको खेत देखि राम टोल सम्म जाने बाटोको शिलान्याश गरिएको बाटो ढलान उपभोक्ता समितिको अध्यक्ष बालदेव चौधरीले बताउनु भएको छ ।प्रदेश सभा सदस्य देवनारायण चौधरीको संसदीय कोष बाट १० लाख र जनसहभागिता बाट १ लाख गरेर ११ लाखको लागतमा सडक ढलानको शिलान्याश गरिएको छ ।

 

शिलान्याश पछि बोल्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले यस पालि केन्द्रले नै बजेटमा कटौती गरेको कारण आफुहरुले बिकाशको लागि पाउनु पर्ने रकम कम भएकोले सबै क्षेत्रमा सोचे जति बजेट बिनियोजन हुन् न सक्नु दुखद कुरा रहेको बताए । त्यस्तै उहाँले अब देखि आफु आफ्नो संसदीय कोषको रकम बाट छाता पिप्राको बिकाशको लागि सक्दो बजेट बिनियोजन गर्ने बताउनु भयो ।बाटो ढलानको कार्य असार १५ गते सम्म सम्पन्न गर्ने गरि सम्झौता भएको र उक्त बाटो बाट ५०० घर धुरी लाभान्वित हुने आयोजनाको सुचना पाटीमा उल्लेख गरिएको छ ।शिलान्याश कार्यक्रममा सडक ढलान उपभोक्ता समितिको सदस्य लगाएत स्थानियाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस