आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको मौलापुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

एपी खबर २०८० जेष्ठ १६, मंगलबार (११ महिना अघि) १५७ पाठक संख्या

रौतहट : गणतन्त्र दिवसको अवसरमा रौतहटको मौलापुर मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ईलाक प्रहरी कार्यालय मौलापुरको आयोजना र चन्द्रज्योति कान्ति हस्पिटल को सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

रौतहटको मौलापुर नगरपालिका – ५ मौलापुर बाजार मा आयोजना गरिएको शिविरमा चन्द्रज्योति कान्ति हस्पिटलका १५ जना स्वास्थ्यकर्मी सहित. डा अमरेश कुमार यादव BMLT मनोज यादव द्वारा स्वास्थ्य ल्याब परिक्षण गरिएको थियो ।उक्त शिविरमा ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरिक्षक नन्द किशोर चौहानको स्वास्थ्य परिक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियो।शिविरमा मधुमेह (चिनी) रोगको र रक्त चाप जाँच गरिएको ल्याब मनोज यादवले बताएका हुन् । नि:शुल्क शिविरमा भाग लिएकालाई रक्तचाप र रक्तसुगर नियन्त्रणमा छ वा छैन भन्ने यस शिविरको मुख्य उदेश्य रहेको ल्याब प्रमुख यादवले बताए । गणतन्त्र दिवशको अवसरमा राष्ट्र सेवक नेपाल प्रहरी , सस्त्र प्रहरी बलका कर्मचारीहरु , बजार व्यवस्थापन समितिका सदस्य तथा सर्वसाधारण लगायत समेतलाई चेक जाँच गराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस