आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४५ दिने सिलाई कटाई तालिम सम्पन्न

अखिलेश कुमार यादव २०८० अषाढ १४, बिहिबार (१० महिना अघि) २३१ पाठक संख्या

जीतपुर:जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनि मा संचालित ४५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷०८० को लागि वडा न ३ ले बिनियोजन गरेको ४ लाख ५० हजारको लागतमा सो तालिम संचालन गरीएको  वड सचिव अनिल बिश्वकर्माले बताउनु भयो ।

तालिम समापनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडाध्यक्ष तारा बहादुर कार्किले ४५ दिन सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने वडाध्यक्ष कार्किले बताउनु भयो ।

त्यस्तै उहाँले सिलाई कटाई तालिमलाई १ महिनाको लागि अझै निरन्तरता गरिएको र आर्थिक बर्ष २०८०/०८१ को लागी लोकसेवा कक्षा संचालन, सिलाई कटाई तालिमलाई निरन्तरता, कम्प्युटर तालिम, लेखा तालिम लगाएतको कार्यक्रम संचालन गरिने बताउनु भयो।

सोही कार्यक्रममा बोल्दै वडा सदस्री चिम बहादुर पाखृनले   स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । वडा न ३ ले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रशिक्षक नारायणी सापकोटाले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।

वडा न ३ को वडा स्तरीय योजना अन्तर्गत  ४”लाख ५० हजार बजेटबाट महिलाहरुलाई सिपमुलक तालिम दिइएको हो । तालिममा २२ जना महिलाहरुको सहभागि थिए । सहभागि प्रत्येकलाई एक एक थान सिलाई मेसिन समेत प्रदान गरीएको आयोजक संस्थाको अध्यक्ष देवि सापकोटाले बताईन । अध्यक्ष सापकोटाको अनुसार प्रति व्यक्तिलाई १३ हजार तिन सय ८६ रुपैयाँ ४२ पैसा बराबरको मेसिन प्रदान गरीएको हो ।

महिला सरोकार मञ्च देवि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाकि सचिव माल्ती कुमालले गरेकी थिइन । कार्यक्रममा सहभागि भएका महिलाहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको संस्थाकि उपाध्यक्ष बिधया देवि महर्जनले बताईन।

उक्त कार्यक्रममा वडा न ३ को वडा सदस्य माया बिक, अनिता देवि खत्री , देवनारायण चौधरी, महिला सरोकार मञ्चको पदाधिकारी , स्थानिय दिपक तामाङ, वडा न ३ को नेकपा एमालेको वडा कमिटी अध्यक्ष शुक्र बहादुर श्रेष्ठ लगाएत तालिममा सहभागी महिलाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस