आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरमा फोहोर ब्यवस्थापन बिक्राल रुप लिदै :मेयर पौडेल निरीह बन्दै

अखिलेश कुमार यादव २०८० श्रावण ३२, बिहिबार (८ महिना अघि) ११५ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा फोहोरको व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भइरहेको छ । ठाउँ ठाउँमा थुप्रीने फोहर समयमै ब्यवस्थापन नगर्दा एकातर्फ जीतपुर बजार कुरुप देखिने गरेको छ भने अर्काे तर्फ दुर्गन्ध फैलिरहेको छ ।

 

यस्तो अवस्थामा पनि उपमहानगरपालिकाको मेयर राजन पौडेलले भने चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन । जीतपुरसिमरा उपमहानगरपालिकाले बजार क्षेत्रको सरसफाईमा वार्षिक करोडौं खर्च भइरहेको दाबी गरेतापनि त्यो रकम अनुसारको उपलब्धि हासिल हुन सकेको छैन ।जीतपुरसिमराका मुख्य सडकमै जथाभावी रुपमा फोहोर फाल्ने क्रमले सबै भन्दा बढि बजारलाई कुरुप बनाइरहेको छ ।

यसरी फालिएको फोहर ब्यवस्थापनमा ढिलाई हुँदा सर्वसाधरणहरुले पनि सास्ती खेप्नु परेको जीतपुरसिमराका स्थानियहरु बताउछन । घर तथा होटेलहरुबाट निस्कने फोहोरहरु सडक छेउमै फाल्ने गरेकोले जीतपुरसिमरा फोहोरमै बन्दै गएको छ ।

कुहिने र नकुहिने फुहोर एकै ठाउँमा हुदा झन सडक आसपास दुर्गन्ध फैलिने गरेको छ । थुपारिएको फोहोरमै छाडा चौपाया र कुकुर जम्मा हुने गरेको छ । मुख्य सडक नै छोपिने गरि फालिने फोहोरले बजार कुरुप बनाउनुका साथै दुर्गन्ध फैलिएर विभिन्न किसिमका रोगहरु लाग्ने जोखिम रहेको जीतपुरसिमराका स्थानीय पशुराम श्रेष्ठले गुनासो गरे ।बजारका मुख्य क्षेत्र जीतपुर, जीतपुर तरकारी बजार,पाडा बजार लाइनामा सबै भन्दा बढि फोहोरहरु थुपारिने गरिएको छ ।

 

 

यता जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरिले फोहोर संकलनलाई व्यवस्थित गर्न नसकेको स्वीकार गरेको छ र फोहोर बिसर्जन गर्नको लागि जीतपुरसिमरा उपमहानगर सग सुरक्षित ठाउँ नरहेकोले फोहोर ब्यवस्थापनमा समस्या उत्पन्न भएको बताएका छन।

 

उपमहानगरपालीकाका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले भने ल्यान्डफिल्डसाईडको टुङ्गो नलागेकै कारण फोहोर व्यवस्थापनमा समस्या भईरहेको र ल्यान्डफिल्डसाईडको टुङ्गो नलाग्दा सम्म यो समस्या समाधान हुन नसक्ने उनले बताए ।त्यसतै उनले जीतपुरको फोहोर ब्यवस्थापनको बारेमा मेयर साहेबलाई बारम्बार जनकारी गराउदा समेत फोहोर ब्यवस्थापनको लागि खासै पहल नभएकोले समस्या उत्पन्न भएको बताए।

 

उपमहानगरपालीकाले फोहोर व्यवस्थापनमा लाखौ रकम खर्चे गरे पनि उपलब्धि नदेखिएको भन्दै आलोचना गरिरहेका छन् । यसरी बढ्दो दुगन्ध नियन्त्रण गर्न स्वयम नागरिक र उपमहानगरपालिका दुबै गम्भिर बन्न देखिएको छ ।

प्रतिक्रिया दिनुहोस