आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक मिचेर व्यवसायीले राखेका समाग्री हटाउन वडाले सुरु गर्यो अभियान

अखिलेश कुमार यादव २०८० भाद्र २४, आईतबार (८ महिना अघि) १११ पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाले ६ लेन सडक व्यवस्थित बनाउने अभियान स्वरुप नगरपालिका गेट देखि वडा कार्यालय सम्मको सबै सामग्री हटाउन सुरु गरेको छ । उपमहानगरपालिकाका वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताको नेतृत्वमा आईतबार सडक छेउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी र खाद्य स्टोर सञ्चालन गर्नेले राखेका सामग्री प्रहरी प्रशासन लगाएर हटाइएको हो ।

 

वडाध्यक्ष गुप्ताले जीतपुरलाई स्वच्छ र सुन्दर बनाऔँ, ६ लेन सडक व्यवस्थित बनाऔँ’ भन्ने अभियान सञ्चालन गरी बजार क्षेत्रमा बाहिर सडकमा राख्दै आएका व्यावसायिक प्रयोजनका सबै सामग्री हटाउन सुरु गरेको बताए ।‘यसले नगरको रुपलाई कुरुप बनाउनेदेखि सडक दुर्घटनादेखि प्रदूषण हुनका साथै बजार नै अस्तव्यस्त भएकाले उपमहानगरले वडाले ,नगर उधोग बाणिज्य संघले यसअघि नै पटक÷पटक सार्वजनिक सूचना जारी गरे पनि सडक छेउमा व्यवसाय गर्नेहरुले सामाग्री न हटाए पछि वडा अध्यक्ष गुप्ताले सामाग्री हटाएर अन्यत्र ब्यापार गर्न बन्दोबस्त मिलाएको छ ।उनले अहिले उपमहानगरको गेट देखि वडा ज्कार्यालय सम्म हटाउने र पछि जीतपुर बजार भित्रको क्षेत्र नै सबै खाली गराउने बताए । ‘हामीले आजबाट अभियान नै थालनी गरेका छौँ, यदि नहटाएमा नियमअनुसार कारबाही अगाडि बढाउने छौँ,’गुप्ताले भने, यसरी सबै प्रक्रिया पूरा गर्नेदेखि राजनीतिक दल, उद्योग वाणिज्य संघ, संघ÷संस्था सबैसँग छलफल गरी अभियान थालनी गरेकाले कोही पनि व्यवसायीले थाहा भएन भनेर अटेर गर्ने ठाउँ नरहेको बताए ।‘नियमअनुसार सडक मिचेर राखिएका सबै सामग्री हटाउनुपर्छ, यदी हटाएन भने हामीले उठाएर लैजाने छौँ, त्यसको भागिदार स्वयं नै हुनेछ, वडा हुँदैन,’ उनले भने ।तत्काल सडक छेउमा व्यवसाय गर्नेहरुलाई जीतपुर पाडा बजार नजिकै वडाको स्वामित्वमा रहेको जग्गामा व्यवसाय गर्न वडाले बन्दोबस्त मिलाएको वडा सदस्य सिता उप्रेतीले बताईन ।

प्रतिक्रिया दिनुहोस